सानिमा बैंकको नाफा ८२ करोड, खराब कर्जा न्यून



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको सोहि अबधीमा बैंकको नाफा ६२ करोड २५ लाख रहेको थियो । बैंकले गत बर्षको तुलनामा २० करोड रुपैयाँले नाफा बढाएको हो ।

चुक्तापुँजी ८ अर्ब रहेको बैंकले यस अबधिमा ६८ अर्ब ३९ करोड निक्षप संकलनगरी ६० अर्ब ५२ करोड लगानी गरेको छ ।

खराबकर्जा प्रतिशत ०.०३ प्रतिशतमात्रै रहेको बैंकको बेस रेट ९.७१ प्रतिशत रहेको छ ।

बैंकले व्याज आम्दानी ३ अर्ब ६८ रुपैयाँगर्दा व्याज खर्च २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ । यसले बैंकको वित्तीय स्रोतको लागतमा वृद्धि भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु