
एजेन्सी । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्नो अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ती गाडीहरूमा सेन्सर र क्यामरामार्फत गुप्तचरी हुन सक्ने इजरायली सेनाले प्रतिबन्ध लगाएको हो ।
इजरायल नेशनल न्युजका अनुसार, चिनियाँ गाडी किनेका बहालवाला सैनिक अधिकृत र गैरसैन्य कर्मचारीहरूलाई सैन्य अड्डाभन्दा बाहिर पार्किङ गर्न निर्देशन दिइएको छ ।
ती गाडीहरूमा भएको निगरानी प्रणालीमार्फत सेनाको गोप्य सूचना चुहिन सक्ने जोखिम रहेको भन्दै इजरायली सेनाले यो निर्णय लिएको हो ।
यसअघि इजरायली सेनाले जिरिफिन नामक स्थानमा रहेको गिडियोनिम सिग्नल कोर्प्स अड्डाको परिसरमा चिनियाँ गाडीहरू पार्किङमा प्रतिबन्ध लगाएको छ । सवारीधनीहरूलाई संवेदनशील क्षेत्रभन्दा परै निश्चित ठाउँमा कार छोडेर आउन भनिएको थियो ।
काठमाडौंमा रहेको भारतीय दूतावासको परिसरमा पनि चिनियाँ विद्युतीय गाडीहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी दुतावास जाँदा पनि चिनियाँ कारलाई संवेदनशील क्षेत्रभन्दा परै पार्किङ गरेर मात्र भित्र प्रवेश गर्न मिल्छ ।
गत जुलाई महिनाको आरम्भतिर इजरायलको रक्षा मन्त्रालयले चिनियाँ विद्युतीय गाडीहरूमार्फत महत्त्वपूर्ण सूचना चुहिन सक्ने जोखिम रहेको स्वीकार गरेको थियो । इजरायली सेनाका अधिकृतहरूले चिनियाँ गाडी किन्नै छोडेका छन् ।
इजरायली सेनाका लेफ्टिनेन्ट कर्नेलहरूले बीवाईडी एट्टो ३ विद्युतीय गाडीहरू किन्न खोजेका थिए तर त्यस गाडीको विद्युतीय प्रणालीको छानबिनपश्चात् गाडी नकिन्ने निर्णय गरे ।
सूचना चुहिने जोखिमलाई न्यूनीकरण गर्नका लागि ती गाडीहरूबाट ईकल सिस्टम भनिने स्वचालित आकस्मिक सेवा सम्पर्क फिचर जबर्जस्ती हटाइएको थियो ।
तर, यो पर्याप्त नभएको विज्ञहरूको भनाइ छ । इजरायली सुरक्षा निकाय शिन बेटमा साइबर डिभिजनका संस्थापक डा हारेल मेनाश्रीले चिनियाँ गाडी गोप्य सूचना संकलन गर्ने साधन हुन् । तिनीहरूले अडियो, भिडियो, जियोलोकेशन र बायोमेट्रिक डेटा संकलन गरेर चिनियाँ सर्भरलाई पठाउने गरेको मेनाश्रीको भनाइ छ ।
चिनियाँ गाडीमा बन्देज लगाउने इजरायल पहिलो मुलुक हैन । सन् २०२५ को आरम्भमा बेलायतले पनि सैन्य अड्डामा चिनियाँ गाडीको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
काठमाडौंमा रहेको भारतीय दूतावासको परिसरमा पनि चिनियाँ विद्युतीय गाडीहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी दुतावास जाँदा पनि चिनियाँ कारलाई संवेदनशील क्षेत्रभन्दा परै पार्किङ गरेर मात्र भित्र प्रवेश गर्न मिल्छ ।
कम किलोवाट उल्लेख गरेर कार आयात गरी राज्यलाई अर्बौं रूपैयाँ कर छली गरेको पाइए पछि अहिले सरकारी संयन्त्रका ४ निकायले बीवाईडीसहित चिनियाँ गाडी आयातकर्तामाथि अनुसन्धान गरिरहेका छन् ।







प्रतिक्रिया