
काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा बीई–६ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले भृकुटीमण्डपमा आजदेखि सुरू भएको नाइमा एक्स्पो २०२५ मा महिन्द्रा बीई–६ सार्वजनिक गरेको हो ।
बीई–६ का दुई भेरियन्ट नाइमा एक्स्पोमा राखिएको छ । महिन्द्रा बीई–६ दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यो ५९ किलोवाट र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा पाउन सकिन्छ ।
कम्पनीले भन्सार प्रयोजनका लागि ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ५७ देखि ६८ लाखसम्म तोकेको छ । दुवै भेरियन्ट ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ ।







प्रतिक्रिया