इन्टर मिलानसँग बीवाईडीको रणनीतिक साझेदारी, बन्यो तीन वर्षका लागि विश्वव्यापी अटोमोटिभ पार्टनर

0
Shares

COMO, ITALY – JULY 21: FC Internazionale Unveil New Partner BYD at Appiano Gentile on July 21, 2025 in Como, Italy. (Photo by Sara Cavallini – Inter/Inter via Getty Images)

काठमाडौं । विद्युत् सवारी साधन र दिगो यातायात समाधानका क्षेत्रमा विश्वव्यापी प्रविधि अगुवा बाइडी समूहले इटालियन फुटबल क्लब इन्टर मिलान (एफसी इन्टरनासियोनाले मिलानो) सँग तीन वर्षका लागि रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस साझेदारीअनुसार बाइडी अब इन्टर मिलानको ग्लोबल अटोमोटिभ पार्टनर बन्नेछ ।

यो सम्झौता खेलकुद र अटोमोबाइल उद्योगबीचको सबैभन्दा महत्वपूर्ण सहकार्यहरूमध्ये एक मानिएको छ । दुवै संस्था नवीनता, उत्कृष्टता र विश्वव्यापी नेतृत्वको साझा दृष्टिकोणमा अघि बढिरहेका छन् । इन्टर मिलानका विश्वभर ५३३ मिलियनभन्दा बढी समर्थक छन्, जसमा चीनमा मात्र १५४ मिलियन र दक्षिण अमेरिकामा झन्डै ९० मिलियन समर्थक रहेका छन्-यी दुवै क्षेत्र बाइडीको लागि प्रमुख बजार हुन् ।

बाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला ली ले भनिन्,’बाइडीको अर्थ हो ‘बिल्ड योर ड्रिम्स’, र मलाई लाग्छ यो साझेदारी युवापुस्ताका लागि एक सपना पुरा हुनुजस्तै हो। इन्टर मिलान उर्जाशीलता, कहिल्यै हार नमान्ने भावना, र विश्वव्यापी ब्रान्डको रूपमा तीव्र रूपमा विकास भइरहेको क्लब हो । यिनै गुण बाइडीमा पनि छन्-हामी जलवायु परिवर्तनको विरुद्ध लड्न चाहने एक विश्वव्यापी हरित प्रविधि कम्पनी हौं। हामीसँग १ लाख २० हजार इन्जिनियरहरू दिनरात खटिरहेका छन्, जसले हरेक कार्यदिनमा औसत ४५ वटा पेटेन्ट उत्पादन गर्छन् ।’

इन्टर मिलानका प्रमुख राजस्व अधिकृत जर्जियो रिच्चीले भने: ‘हामी अत्यन्तै खुसी छौं, बाइडी र डेन्जा जस्ता ब्रान्डहरूसँगको यो सहकार्यले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थिति थप सुदृढ बनाउनेछ। यो साझेदारीले अन्तर्राष्ट्रिय समर्थक र ग्राहकहरूलाई लक्षित सामग्री तथा अभियानहरू सञ्चालन गर्ने अवसर दिनेछ ।’

साझेदारीअनुसार बाइडी समूहले क्लबको व्यवस्थापन, प्राविधिक टोली र पहिलो टिमका खेलाडीहरूको लागि करिब ७० वटा इलेक्ट्रिक तथा सुपर प्लग-इन हाइब्रिड (डीएम-आई) गाडीहरू उपलब्ध गराउनेछ। सुरुमा इन्टर मिलानले बाइडी सिलायन ७ को विशेष संस्करण प्राप्त गर्नेछ, जुन क्लबका निलो–कालो रङबाट प्रेरित डिजाइनमा हुनेछ।

इन्टर समर्थकहरूको लागि बाइडी गाडी खरिद तथा भाडा योजनाहरू पनि अन्तिम चरणमा छन्, जसको विस्तृत जानकारी केही हप्ताभित्र सार्वजनिक गरिनेछ। यिनले समर्थकहरूलाई क्लबसँगको सम्बन्ध अझ विशेष बनाउनेछ।

निकट भविष्यमा यूरोपमा डेन्जा ब्रान्ड ल्याउने तयारीमा रहेको बाइडीको लागि यो साझेदारी एक रणनीतिक अवसर हुने बताइएको छ।

बाइडी समूह हालै सम्पन्न युएफा युरो २०२४ तथा आगामी युएफा अन्डर–२१ च्याम्पियनसिप २०२५ को पनि आधिकारिक प्रायोजक भइसकेको छ, जसले विश्व फुटबलमा कम्पनीको सक्रियता पुष्टि गर्ने कम्पनीले जनाएको छ ।