कस्तो छ आज तपाईंको राशिफल, केमा लगानी गर्दा फाइदा ?


आज विक्रम संवत् २०८२ साल असार ३२ गते, बुधवार, ईश्वी संवत् २०२५ जुलाई १६ तारिख, शक संवत् १९४७, नेपाल संवत् ११४५ दिल्लागा ,संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, ग्रीष्म ऋतु, श्रावण कृष्णपक्ष, तिथि षष्ठी राति ८:१५ बजेसम्म, त्यसपछि सप्तमी लाग्नेछ । नक्षत्र पूर्वभाद्रपदा बिहान ६:०४ बजेसम्म, त्यसपछि उत्तरभाद्रपदा भोलिपल्ट बिहान ४:४९ बजेसम्म, त्यसपछि रेवती । योग शोभन दिउँसो १२:५६ बजेसम्म, त्यसपछि अतिगण्ड । करण गर बिहान ९:१५ बजेसम्म, त्यसपछि वणिज, राति ८:१५ बजेसम्म, त्यसपछि भद्रा लाग्नेछ । आनन्दादि योग पद्म रहेको छ । आज दिनमान १३ घण्टा ४० मिनेटको रहेको छ । सूर्योदय बिहान ५:१९ मा हुनेछ भने सूर्यास्त साँझ ६:५९ मा हुनेछ । चन्द्रमा मीन राशिमा गमन गर्नेछन् । आज भद्रा राति ८:१५ बजेपछि सुरु हुनेछ, साथै पञ्चक प्रारम्भ हुनेछ । आज असार महिनाको अन्तिम दिन अर्थात् आषाढ मसान्त पनि रहेको छ ।

मेष
आज आत्मविश्वास बढ्नेछ, तर हडबडीले हानि पुर्‍याउन सक्छ । आर्थिक रूपमा खर्च बढ्न सक्छ । तर सोचविचार गरेर गरिएको लगानी लाभदायक हुनेछ । कृषि, ऊर्जा, पर्यटन , तथा सूचना प्रविधि क्षेत्रमा लगानी गरेमा उपलब्धि राम्रो हुनेछ । , तर घर जग्गा , होटल रेस्टुरेन्टमा साथै भारी उद्योगमा जोखिम रहन सक्छ । स्वास्थ्य सेवा, हरित ऊर्जा , जलस्रोत तथा सूचना प्रविधिमा सेयर लगानी लाभदायक हुनेछ । तर धातु ,सुनचाँदी , रत्न, चम्किला गरगहना तथा बैंकिङ क्षेत्रमा सतर्क रहनुहोस् ।

जीवन साथी तथा सन्तानको सहयोग प्राप्त गर्नुहुनेछ । नाक कान घाँटी को समस्या देखिन सक्नेछ्न । शान्ति प्राप्त गर्न “ॐ कें केतवे नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पश्चिम रहदा तपाईं हरुको लागि अशुभ दिशा दक्षिण-पूर्व रहेको छ ।शुभ रङ रातो र हरियो रहेको छ यी रंङ अधिक प्रयोग फाइदा जनक देखिन्छ ।, अशुभ रङ नीलो र खैरो, देखि तपाईं हरु टाढा रहनु नै शुभ हुनेछ । शुभ अंक ५ ले भाग्य वृद्धि गर्नेछ र ९, अङ्क ले आर्थिक वृद्धि गर्नेछ अशुभ अंक २ र ७ रहनेछन् ।

वृष
आज मानसिक शान्ति कायम राख्न प्रयास गर्नुहोस । किनकि केही अप्रत्याशित परिस्थितिहरूले तनाव दिन सक्छन् । आर्थिक पक्ष सामान्य रहनेछ, तर विलासिताका वस्तुहरूमा खर्च गर्नुभन्दा दीर्घकालीन लगानीमा ध्यान दिनु उपयुक्त हुनेछ । कृषि, शिक्षण, औषधि तथा खाद्य उद्योगमा लगानी फाइदाजनक हुनेछ, तर घरजग्गा, सवारीसाधन तथा होटल व्यवसायमा लगानी गर्दा सचेत रहनुहोस् । जलस्रोत, हरित ऊर्जा, स्वास्थ्य सेवा तथा सूचना प्रविधिमा सेयर लगानी फाइदाजनक देखिन्छ, तर धातु, तेल, भारी उद्योग तथा बैंकिङ क्षेत्रमा सतर्कता अपनाउनु राम्रो हुनेछ । घुँडा, हड्डी तथा पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् । शारीरिक र मानसिक सन्तुलनका लागि ” ॐ वज्रक्रोधाय महादंताय नम: मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा पश्चिम रहनेछ भने अशुभ दिशा उत्तर-पूर्व रहनेछ । शुभ रङ सेतो र हरियो रहनेछन्, यी रङहरूको प्रयोग फाइदाजनक देखिन्छ, जबकि खैरो र कालो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ६ ले समृद्धि ल्याउनेछ, ३ ले अवसर वृद्धि गर्नेछ, जबकि अशुभ अंक ४ र ८ रहनेछन् ।

मिथुन

आजको दिन तपाईंका लागि आत्मविश्‍वास बढाउनेछ, तर छिटो निर्णय गर्दा सतर्क रहनुहोस् । आर्थिक रूपमा खर्च बढ्न सक्छ, तर बुद्धिमत्तापूर्वक गरिएको लगानीले भविष्यमा फाइदा दिलाउनेछ । सञ्चार, लेखन, व्यापार, प्रविधि तथा शिक्षा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर रियल स्टेट, भारी उद्योग, तथा पेट्रोलियम व्यवसायमा जोखिम रहन सक्छ । स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा सेयर लगानी लाभदायक देखिन्छ, तर धातु, सुनचाँदी, बैंकिङ तथा लगानी कम्पनीहरूमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ । नसा सम्बन्धी समस्या तथा टाउको दुखाइ बढ्न सक्छ, तनाव कम गर्न ध्यान तथा योग लाभदायक हुनेछ । मानसिक शान्तिका लागि “ॐ बुं बुधाय नमः” मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ । शुभ दिशा उत्तर रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ पहेँलो र हरियो हुनेछ, जसको प्रयोगले भाग्य बढ्नेछ, जबकि रातो तथा खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ५ र ७ रहनेछन्, जसले मानसिक स्पष्टता र अवसर वृद्धि गर्नेछ, जबकि अशुभ अंक २ र ९ बाट बच्नुपर्छ ।

कर्कट

आज तपाईंको आत्मबल बढ्नेछ, तर भावनात्मक निर्णय नगर्नुहोस् । आर्थिक पक्ष सामान्य रहनेछ, तर घरपरिवारका आवश्यकतामा खर्च बढ्न सक्छ । स्थिर सम्पत्ति, कृषि, शिक्षा, औषधि तथा रियल स्टेटमा लगानी फाइदाजनक हुनेछ, तर होटल व्यवसाय, सवारीसाधन तथा भारी उद्योगमा जोखिम रहन सक्छ । जलस्रोत, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिमा सेयर लगानी लाभदायक देखिन्छ, तर धातु, सुनचाँदी, बैंकिङ तथा बीमा क्षेत्रमा सतर्कता अपनाउनु राम्रो हुनेछ । छाती तथा पाचन प्रणालीसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि ॐ श्रीं ह्रीं क्लीं महा लक्ष्मीयै नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ । शुभ रङ सेतो र नीलो रहनेछन्, जसको प्रयोगले सकारात्मक ऊर्जा प्राप्त हुनेछ, जबकि रातो तथा खैरो रङबाट टाढा रहनु उचित हुनेछ । शुभ अंक २ र ७ रहनेछन्, जसले मानसिक सन्तुलन र आत्मविश्वास बढाउनेछन्, जबकि अशुभ अंक ३ र ८ बाट बच्नुपर्छ ।

सिंह

आज आत्मबल उच्च रहनेछ, तर अहंकारले सम्बन्ध बिगार्न सक्छ, त्यसैले विचारपूर्वक निर्णय गर्नुहोस् । आर्थिक पक्षमा स्थिरता आउनेछ, तर विलासितामा खर्च बढ्न सक्छ । कला, मनोरञ्जन, शिक्षा, प्रशासन तथा शेयर बजारमा लगानी लाभदायक हुनेछ, तर रियल स्टेट, भारी उद्योग तथा सवारीसाधन क्षेत्रमा जोखिम देखिन्छ । सूचना प्रविधि, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रमा सेयर लगानी फाइदाजनक रहनेछ, तर धातु, पेट्रोलियम, बैंकिङ तथा बीमा क्षेत्रमा सतर्कता अपनाउनु उचित हुनेछ । मुटु तथा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले ध्यान र नियमित व्यायाम गर्नु लाभदायक हुनेछ । मानसिक शान्तिका लागि “ॐ ह्रीं ह्रीं सूर्याय नमः । मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ । शुभ दिशा पूर्व रहनेछ भने अशुभ दिशा उत्तर-पश्चिम रहनेछ । शुभ रङ सुन्तला र पहेँलो रहनेछन्, जसले आत्मबल बढाउनेछ, जबकि नीलो तथा खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक १ र ९ रहनेछन्, जसले नेतृत्व क्षमता बढाउनेछन्, जबकि अशुभ अंक ४ र ८ बाट बच्नुपर्छ ।

कन्या

आज तपाईंको मनोबल उच्च रहनेछ, तर धैर्य नप्नाइ र चाँडो निर्णय गर्दा समस्या आउन सक्छ । आर्थिक रूपमा केही नयाँ अवसरहरू देखा पर्नेछन्, तर लगानी गर्दा सोचविचार गर्नु महत्त्वपूर्ण छ । शिक्षा, लेखन, सञ्चार, र सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर घरजग्गा, भारी उद्योग तथा सवारीसाधनमा जोखिम रहन सक्छ । जलस्रोत, नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सूचना प्रविधिमा सेयर लगानी फाइदाजनक हुनेछ, तर धातु, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्कता अपनाउनु उचित हुनेछ । आँखा र जिवाणु संक्रमणसँग सम्बन्धित समस्याहरू देखा पर्न सक्छ, त्यसैले स्वास्थ्यमा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ । शुभ रङ सेतो र नीलो रहनेछन्, जसले मानसिक शान्ति र सन्तुलन ल्याउनेछ, जबकि काला र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ४ र ७ रहनेछन्, जसले अवसर र आत्मविश्वास बढाउनेछन्, जबकि अशुभ अंक ५ र ८ बाट बच्नुपर्छ ।

तुला

आज तपाईंको मनोबल र शान्ति कायम राख्न चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन् । आर्थिक पक्ष सामान्य रहनेछ, तर योजनाबद्ध लगानीमा ध्यान दिनु पर्नेछ । कला, संगीत, फैशन, र विज्ञापन क्षेत्रमा लगानी राम्रो रहनेछ । शेयर बजारमा शैक्षिक सेवाहरू, स्वास्थ्य र खाद्य उद्योगमा सेयर लगानी लाभदायक हुनेछ, तर भारी उद्योग, रियल स्टेट र सवारीसाधनमा सतर्क रहनु राम्रो हुनेछ । स्वास्थ्य समस्याहरू जस्तै मानसिक तनाव र पाचन समस्याहरू देखिन सक्छ, त्यसैले सन्तुलित आहार र विश्राममा ध्यान दिनु आवश्यक हुनेछ । शान्तिका लागि “ॐ ह्रीं श्रीं शुक्राय नमः मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ हरियो र गुलाबी रहनेछन्, जबकि नीलो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ६ र २, अशुभ अंक ५ र ८ रहनेछन् ।

बृश्चिक

आजको दिन तपाईंका लागि आत्मविश्वास र साहस बढाउनेछ, तर भावनात्मक निर्णय नगर्नुहोस् । आर्थिक क्षेत्रमा सामान्य स्थिरता रहनेछ, तर खर्चमा वृद्धि हुने संभावना छ । कृषि, रियल स्टेट, शिक्षा, र स्वास्थ्य सेवामा लगानी फाइदाजनक हुनेछ । शेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा, र सूचना प्रविधिमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्क रहनु, केही कानुनी उल्झन मा पर्न सकिन्छ । शारीरिक रूपमा पाचन र पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले आहार र विश्राममा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि “”ऊँ क्रां क्रीं क्रौं स: भौमाय नम: मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ । शुभ रङ रातो र पहेँलो रहनेछन्, जबकि नीलो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक १ र ८, अशुभ अंक ५ र ३ रहनेछन् ।

धनु

आजको दिन तपाईंका लागि उत्साह र सृजनशीलता ल्याउनेछ, तर हडबडीमा निर्णय नगर्नुहोस् । आर्थिक रूपमा केही कठिनाइ आउन सक्छ, तर सोचविचार गरेर गरिएको लगानीले भविष्यमा लाभ पुर्याउनेछ । शिक्षा, यात्रा, अन्तर्राष्ट्रिय व्यापार, र अन्वेषणमा लगानी लाभदायक हुनेछ । शेयर बजारमा सूचना प्रविधि, नवीकरणीय ऊर्जा र स्वास्थ्य सेवा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, बैंकिङ र धातु उद्योगमा सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा गला, जिवाणु संक्रमण र मांसपेशीको समस्या देखिन सक्छ, त्यसैले नियमित व्यायाम र ध्यान गर्न महत्त्वपूर्ण हुनेछ । मानसिक शान्तिका लागि “ऊं ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः ” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पश्चिम रहनेछ भने अशुभ दिशा दक्षिण रहन सक्छ । शुभ रङ सुन्तला र हरियो रहनेछन्, जबकि खैरो र नीलो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ३ र ९, अशुभ अंक ५ र ७ रहनेछन् ।

मकर

आज तपाईंको आत्मविश्वास र कार्यक्षमता उच्च रहनेछ, तर चाँडो निर्णय गर्दा सावधानी अपनाउनुहोस् । आर्थिक रूपमा राम्रो अवसरहरू आउनेछन्, तर अनावश्यक खर्चबाट जोगिनु महत्त्वपूर्ण छ । व्यापार, निर्माण, प्रौद्योगिकी र रियल स्टेट क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर स्वास्थ्य सेवा, बैंकिङ र भारी उद्योगमा सतर्क रहनु आवश्यक छ । शेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा लगानी राम्रो हुनेछ, तर धातु, सुनचाँदी र रत्न उद्योगमा जोखिम रहन सक्छ । स्वास्थ्यमा जोड़ों र हड्डीसम्बन्धी समस्या देखा पर्न सक्छ, त्यसैले व्यायाम र सही आहारमा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ हरियो र क्रीम रङ हुनेछ, जबकि नीलो र काला रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ८ र १ रहनेछन्, जबकि अशुभ अंक ४ र ६ बाट बच्नुपर्छ ।

कुम्भ

आज तपाईंको मनोबल उच्च रहनेछ, तर आन्तरिक संघर्ष र चिडचिडापनले तपाईंलाई अवरोध पुर्याउन सक्छ । आर्थिक रूपमा सामान्य स्थिति रहनेछ, तर अनावश्यक खर्चहरू बढ्न सक्छ । व्यापार, सञ्चार, विज्ञापन र शिक्षा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर रियल स्टेट, भारी उद्योग र सवारीसाधनमा जोखिम रहन सक्छ । शेयर बजारमा सूचना प्रविधि, स्वास्थ्य सेवा र जलस्रोतमा लगानी फाइदाजनक हुनेछ, तर धातु, सुनचाँदी र पेट्रोलियम क्षेत्र सतर्कता अपनाउनुपर्नेछ । मानसिक शान्तिका लागि “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । स्वास्थ्यमा मस्तिष्क र निद्रासम्बन्धी समस्या देखिन सक्छ, त्यसैले विश्राम र ध्यान गर्न महत्त्वपूर्ण छ । शुभ दिशा उत्तर-पश्चिम रहनेछ भने अशुभ दिशा दक्षिण रहनेछ । शुभ रङ नीलो र गुलाबी रहनेछन्, जबकि काला र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक २ र ७ रहनेछन्, जबकि अशुभ अंक ५ र ८ बाट बच्नुपर्छ ।

मीन

आज तपाईंको मानसिक शान्ति र सृजनशीलता उच्च रहनेछ, तर भावनात्मक निर्णयबाट बच्न आवश्यक छ । आर्थिक रूपमा राम्रो अवसरहरू आउनेछन्, तर अनावश्यक खर्चबाट बच्न महत्त्वपूर्ण छ । व्यापार, कला, संगीत र साहित्यमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, रियल स्टेट र सवारीसाधनमा जोखिम देखिन्छ । सेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा, र स्वास्थ्य सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर धातु, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा पाचन र मानसिक समस्याहरू देखिन सक्छ, त्यसैले सन्तुलित आहार र विश्राम महत्त्वपूर्ण हुनेछ । मानसिक शान्तिका लागि “ॐ बगलामुखी देव्यै ह्लीं ह्रीं क्लीं शत्रु नाशं कुरु मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ हरियो र सेतो रहनेछन्, जबकि खैरो र नीलो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ३ र ५, अशुभ अंक ४ र ८ रहनेछन् ।