याडिया ई८एस प्रो ईभी स्कुटरमा विशेष छुट, मूल्य कम

0
Shares

काठमाडौं । इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडिया नेपालले अफर सार्वजनिक गरेको छ ।

याडिया ई८एस प्रो सीमित स्टकका लागि मात्र १ लाख ८५ हजार रुपैयाँमा उपलब्ध छ रहेको कम्पनीले जनाएको छ । जुन पहिले २ लाख ३० हजारमा बिक्री भइरहेको कम्पनीको भनाइ छ ।

यस अवसरमा याडीयाले थप खुशी बाँड्दै, प्रत्येक खरिदमा ग्राहकहरूलाई याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गर्ने जनाएको छ।

‘हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरूप्रतिको हाम्रो कृतज्ञता हो,’ कुजु नेपाल प्रालिका प्रतिनिधिले भने ।

ई८एस प्रो आजको स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको स्कुटर हो, जसमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ ।

यस्ता छन् विशेषता

शीर्ष गति: ६० किमी/घण्टा
दायरा: एक चार्जमा अधिकतम १५० किमीब्याट्री: ७२भी ३८एएच ग्राफिन ब्याट्री
मोटर पावर: ३०००वाटसम्म
पांग्रा: १२ इञ्चका आकर्षक अलोय रिम
सस्पेन्सन: हाइड्रोलिक
भण्डारण: ३२ लिटरको अन्डर-सीट बुट स्पेस
ड्यासबोर्ड: चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू

शून्य ध्वनि, शून्य धुवाँ र न्यूनतम खर्चमा अधिकतम सुविधा याडिया ई८एस प्रोले दैनिक यात्रालाई स्टाइलिश र स्मार्ट बनाउँछ।

यो ऐतिहासिक छुट सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।