सिराहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

63
Shares

सिराहा । सिराहाको बरियारपट्टि गाउँपालिका–३ स्थित दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ ।

वडा कार्यालयले १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।

वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

“पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेका हौँ”, उनले बताए ।

चमार टोलकी विन्दादेवी राम ९४९० ले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताए ।

“अब धुँवामा बस्नुपर्दैन”, उनले खुसी साटे। वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ ।

“त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ”, उनले भने ।

यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ । आर्थिक वर्ष ०८०÷०८१ मा नौ रुपैयाँ लाख खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो ।