
एजेन्सी । भारतीय वायुसेनाको दुर्घटनाग्रस्त ज्याग्वार लडाकू विमानका दुवै चालकको मृत्यु भएको एनडीटीभीले खबर दिएको छ ।
उक्त ट्विन सीटर लडाकू विमान बुधवार अपराह्न १ः२५ मा राजस्थानको चुरु जिल्लामा दुर्घटनाग्रस्त भएको थियो । विमान नियमित प्रशिक्षण मिशनमा थियो ।
विमान दुर्घटनामा गैरसैन्य सम्पत्तिमा कुनै क्षति नपुगेको बताइएको छ ।
भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गरिने बताउँदै मृत चालकहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
सन् २०२५ मा तेस्रो ज्याग्वार दुर्घटनाग्रस्त भएको हो । मार्च ७ मा हरियाणाको पंचकुला र अप्रिल २ मा गुजरातको जामनगरमा ज्याग्वार विमान दुर्घटनामा परेका थिए ।
आज दुर्घटनामा परेको विमान राजस्थानको सुरतगढ एयरफोर्स बेसबाट उडेको थियो ।
ज्याग्वार दुईवटा इन्जिन भएको लडाकू विमान हो । यो निकै पुरानो प्रविधिको विमान भए पनि भारतीय वायुसेनाले यसलाई प्रयोग गर्दै आइरहेको छ ।
भारतसँग १२० वटा ज्याग्वार लडाकू विमानहरू रहेको बताइएको छ ।








प्रतिक्रिया