
एजेन्सी । मर्निङ कन्सल्ट नामक संस्थाले तयार पारेको तथ्यांकमा धेरै अमेरिकीहरू भोकै बस्न बाध्य भएको देखिएको छ ।
एक्सियोस सञ्चारमाध्यमले प्रकाशन गरेको समाचार अनुसार, संसारको सबभन्दा धनी देशमा खाना खानै नपाउने सर्वसाधारणको संख्या बढेको छ ।
अमेरिकामा स्कट मार्केट उच्च विन्दुमा पुगिरहेको बेलामा यो खबर आएको हो ।
त्यसमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेको कर तथा खर्च सम्बन्धी कानूनले गरिब अमेरिकीहरूलाई दिइँदै आएको खाद्य सुविधामा कटौती गरेको छ ।
मर्निङ कन्सल्टका प्रमुख अर्थशास्त्री जोन लीयरले वाल स्ट्रीटको कमाइ कीर्तिमान उचाइमा पुग्दा सामान्यजनको खाद्य असुरक्षा बढिरहेको बताए ।
उक्त संस्थाले गर्ने मासिक सर्वेक्षणमा वयस्क व्यक्तिहरूले कहिलेकाहीँ वा प्रायः जसो पर्याप्त खानेकुरा नभएको नपाएको बताएका छन् । यो संख्या विगतका वर्षहरूभन्दा बढी छ ।
गत मे महिनामा १५.६ प्रतिशत वयस्कहरूले खाद्य असुरक्षाको गुनासो गरेका थिए । सन् २०२१ को भन्दा यो दोब्बर संख्या हो ।
त्यतिखेर संसद्ले स्न्याप अन्तर्गतको खाद्य सुविधा बढाएको थियो र चाइल्ड ट्याक्स क्रेडिटमार्फत गरिबी दर घटाएर मानिसलाई खानका लाथि थप रकम उपलब्ध गराएको थियो ।
ट्रम्पको नयाँ कानूनका कारण अमेरिकीहरूसँग खानाका लागि कम पैसा हुने र उनीहरू फूड बैंकमा निर्भर रहनुपर्ने बाध्यता आउँछ । यस कानूनका कारण ५४ वर्षभन्दा माथिको उमेरका मानिसले काम गर्नुपर्दैनथियो तर अब उमेरहद ६४ पुगेको छ ।








प्रतिक्रिया