सरकारले गठन गर्यो भिजिट भिसा छानबिन गर्न समिति

77
Shares

काठमाडौं। सरकारले अध्यागमन र भिजिट भिसाबारे उच्चस्तरीय अध्ययन र छानबिन गर्न छानविन समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको हो । यो समितिलाई छानविन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन अवधी दिइएको छ ।

पछिल्लो समयमा रास्वापा र राप्रपाले भिजिट भिषा प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउन भन्दै संसदको बैठक अबरुद्ध गर्दैआएको छ ।