
चीनले लेजरको शक्तिबाट चल्ने संसारकै पहिलो मालवाहक ड्रोन बनाएको छ ।
परम्परागत इन्धन वा ब्याट्रीको साटो लेजर उपयोग गरिएको ड्रोनले लामो उडान भर्न सक्ने बताइएको छ ।
यस ड्रोनले भुइँमा भएका लेजर बीमबाट सिधै ऊर्जा प्राप्त गर्छ । ड्रोनको पिँधमा रहेको फोटोइलेक्ट्रिक कन्भर्टरले लेजरबाट प्राप्त ऊर्जालाई ग्रहण गर्छ । त्यसले गर्दा यो ड्रोन लामो समयसम्म आकाशमै उड्न सक्छ र जमीनमा आएर छिटोछिटो चार्ज गराइरहन पर्दैन ।
आकाशको मार्गबाट माल ढुवानी गराउने यो स्वच्छ, शान्त र उम्दा साधन हो ।
फौजी कारवाही, आकस्मिक अवस्थामा प्रतिकार्य र सामान पुर्याउने काममा यस अत्याधुनिक प्रविधिले सहयोग गर्छ । मानवरहित हवाई वाहनको क्षेत्रमा यो निकै ठूलो कदम हो ।








प्रतिक्रिया