इन्टरनेट प्रयोगकर्ता ३१ लाख नाघे, फाइबरले बर्चश्व बढाउँदा ताररहितको सेवा २९ हजार मात्रै


काठमाडौं । इन्टरनेट प्रयोगकर्ता ३१ लाख नाघेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको वैशाखसम्मको तथ्यांक अनुसार फाइबरले बर्चश्व बढाउँदा ताररहितको सेवा लिने प्रयोगकर्ता भने २९ हजार मात्रै छन् ।

तथ्यांक अनुसार हाल नेपालमा १०७ वटा कम्पनीले इमेलसहितको इन्टरनेट सेवाको अनुमति लिएका भएपछि अधिकांश कम्पनीको नामोनिसाना छैन् ।

प्राधिकरणको तथ्यांक अनुसार नियमित रुपमा सेवा दिने र विवरण बुझाउने कम्पनीको संख्या २० वटा रहेको छ । यी सेवाप्रदायकले नै करिब ३१ लाख ग्राहकलाई सेवा दिएका छन् । अनुमति लिने टप २० कम्पनीबाहेकका ८७ कम्पनीका ग्राहक भने जम्मा ५५ हजार मात्रै छन् ।

तथ्यांक अनुसार हालसम्ममा १० लाख ३ हजारलाईलाई सेवा दिएर वल्र्डलिंक पहिलो नम्बरमा छ भने ३ लाख ५१ हजार सेवा दिने नेपाल टेलिकम दोस्रो सूचीमा रहेको छ ।

यस्ता छन् वैशाखसम्ममा सेवा दिने इन्टरनेट कम्पनीहरुकाे विवरण