
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदावीसहित विहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पतन्जलीको जग्गा हिनामिनामा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो १८ करोड ५८ लाख ५० हजार रुपैयाँ कायम भएको छ । सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय माग गरेको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजायसमेतको माग दाबी गरेको छ ।








प्रतिक्रिया