सरकारले भन्सार बढाएपछि नेपाली बजारमा हेलमेट महँगिने

252
Shares

काठमाडौं । सरकारले हेलमेटको भन्सार बढाएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत हेलमेटमा भन्सार बढाएर २० प्रतिशत पुर्‍याएका हुन् ।

भित्री हालेको वा नहालेको शोभोकरण भएको वा नभएको अन्य शिरपोस (हेलमेट) को भन्सार बढाएको हो । सार्क र अन्य मुलुक दुवैबाट आयात हुने सुरक्षात्मक शिरपोसको भन्सार १५ प्रतिशत रहेकामा बढाएर २० प्रतिशत पुर्‍याएको छ ।

रबर वा प्लास्टीकको सार्क मुलुकबाट ८७.५ प्रतिशत यथावत राखेर त्यसबाहेक आयात हुँदा १५ बाट बढाएर २० प्रतिशत पुर्याएको हो । अन्य पदार्थहरुमा पनि सार्क बाहेकका देशबाट आयात हुँदा १५ प्रतिशत रहेको भन्सार महसुल बढाएर २० प्रतिशत पुर्‍याएको छ । सार्क मुलुकमा भने ७.५ प्रतिशत नै यथावत छ ।