आगामी बजेट कार्यान्वयन भएपछि के उपलब्धि हुन्छ ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

203
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले आर्थिक गतिविधि विस्तार हुने दाबी गरेका छन् ।

बिहीबार बजेट सार्वजनि गरेका अर्थमन्त्री पौडेलले शुक्रबार पत्रकार सम्मलेन गर्दै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट प्राप्त हुने उपलब्धीमा निजी क्षेत्रको लगानी वृद्धि हुने बताए ।

यस्तै रोजगारीका अवसर सिर्जना हुनुको साथै पूर्वाधार आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न हुने उनको दाबी छ ।
यसबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विस्वास रहेको उनले बताए ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको लागि आयोजना बैंकको क्षमता बढाउने, साउन मसान्तभित्र दरबन्दीको पदपूर्ति गर्ने, नीतिगत सुधार र बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयले अग्रसरता लिने र अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउने गरी प्रबन्ध गरिएको बताए ।

उनले बजेटले शीघ्र निर्णय र अन्तर मन्त्रालय समन्वय प्रभावकारी बनाउने विषयलाई महत्व दिएको बताए ।