
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नागरिकको कान पवित्र पार्न ल्याएको बजेट ल्याएको नभई कार्यान्वयन गर्न ल्याएको बताएका छन् ।
बिहीबार बजेट सार्वजनिक गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने उनले विनियोजन कुशलतामा प्रश्न उठ्नु हुँदैन भन्ने निष्कर्षमा पुगेको बताए ।
‘संघीय सरकालले न्यूनतम ३ करोड आयोजनाको सीमामा रहने निर्णय कार्यान्वयन भएको छ,’ उनले भने, ‘खर्च कटौती र चालु खर्चलाई सन्तुलनमा राख्नुपर्छ भन्ने बजेटले ध्यान दिएको छ ।
अनुदानको लागतमा सोच्नुर्ने निष्कर्षमा सरकार पुगेको उनले बताए । ‘अनुदान कुन लिमिटसम्म विस्तार गर्ने भन्नेमा सरकारले महत्त्वपूर्ण निर्णय लिएको छ । अनुदानको लागतको अधिकतम सीमा निर्धारण गर्नुपर्छ भनेर अधिकतम ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको हो,’ उनले भने ।








प्रतिक्रिया