
काठमाडौं । जग्गा हदबन्दीका प्रावधानमा लचकता अपनाइने भएको छ । आर्थिक वर्ष २०८२/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानुनको पुनरावलोकन गर्ने बताए ।
यसैगरी उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ–अपार्टमेन्टजस्ता योजनाका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सकिने व्यवस्था मिलाउने उनको भनाइ छ ।
हदबन्दीका कारण बिक्री गर्न नसकिएको अवस्थामा अनुमति प्राप्त गरी निर्माण सम्पन्न भएका अपार्टमेन्टहरू पनि अब बिक्री गर्न सकिने प्रावधान ल्याइने उनले बताए ।








प्रतिक्रिया