अबबाट वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने

1.2k
Shares

काठमाडौं । अबबाट व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने भएको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले व्यक्तिले कुनै पनि एक ठाउँमा केवाईसी भर्नुपर्ने र त्यो राष्ट्रिय परिचयपत्रमा समावेश भई आवश्यक सबै निकायले प्राप्त गर्नसक्ने व्यवस्था गरिने बताए ।