
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउन सक्ने अवस्था नभएको आगामी आर्थिक वर्षदेखि लागू हुने गरी महँगी भत्ता मात्रै बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले स्रोत अभावका कारण तलब बढाउन नसकिएकोले मासिक महँगी भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्याएको बताए ।
उक्त बढेको महँगी भत्ता आगामी साउनदेखि मात्रै लागू हुने पनि अर्थमन्त्री पौडेलेले संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमार्फत घोषणा गरेका हुन् ।








प्रतिक्रिया