
काठमाडौं । सरकारले निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गर्ने घोषणा गरेको छ । संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेल पूर्वाधारको लागि सडक, बिजुली र खानेपानीको पहुँच सुनिश्चित गर्ने बताए ।
झापाको दमकमा सबै प्रकारका खेत आयोजना गर्न सकिने अन्तराष्ट्रिय स्तरको आधुनिक रंगशाला निमार्ण गर्ने उनले घोषणा गरे।
खेलको विविधिकरण र खेल पर्यटनको प्रवद्र्धनको लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउने उनले बताए । मुलपानी क्रिकेट रंगशाला, मोरङका गिराजाप्रसाद क्रिकेट रंगशाला, कैलालीको फाप्ला र रुपन्देहकिो सिद्धार्थ क्रिकेट रंगशालाको लागि ४२ करोड बजेट छुट्याएको उनले बताए ।
किर्तीपुरको क्रिकेट रंगशालाको स्तरोउन्नतीको लागि ४० करोड बजेट विनियोजन गरेको उनले बताए ।








प्रतिक्रिया