नेपालीले विदेशमा पनि लगानी गर्न पाउने

308
Shares

काठमाडौं । नेपालीहरूले विदेशमा पनि लगानी गर्न पाउने भएका छन् । सरकारले विदेशमा लगानी प्रतिबन्ध गरेकामा अब भने खोल्ने सोच बनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् ।

भर्खरै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालीलाई विदेशमा लगानी खुला गर्न सुझाव दिएका थिए । विदेशमा लगानी प्रतिबन्ध ऐनले नेपालबाट विदेशमा पुँजी लैजान नपाउने व्यवस्था गरेकामा यो ऐन संशोधन गरिने भएको हो ।