कर्मचारीको छानविनमा मैले राजीनामा किन दिने ? -‘गृहमन्त्री लेखक’

252
Shares

काठमाडौं । छाविनको दायरमा रहेका सहसचिव तीर्थराज भट्टराई पहिल्यै अध्यागमनमा भएको र कर्मचारीको छानविनमा मन्त्रीले राजीनामा दिनु नपर्ने तर्क गृहमन्त्री रमेश लेखकले गरेका छन् ।

भिजिट भिसा विवादमा अनुसन्धानमा रहेको भट्टराईलाई आफूले अध्यागमन नलगेको र भएकै कर्मचारीलाई जिम्मेवारी दिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन जारी गरेर अख्तियारको छानविनमा रहेका कर्मचारीलाई आफूले कहिँ कतैबाट नलगेको र कर्मचारीले गर्ने गल्तीमा मन्त्री कसरी दोषी हुन्छ ? भनेर प्रश्न उठाएका छन् ।

उनले भने ‘११ सय ६१ वटा उजुरी हालसम्म गृहमन्त्रालयसँग सम्बन्धित भएका, निरन्तर उजुरी परिरहेको र छानविनसमेत भइरहेको छ ।’ उनले भने अहिलेसम्म ६४ हजार उजुरी अख्तियारमा पछिल्लो तीन वर्षमा परेको र कुनै न कुनै मन्त्रालय र कर्मचारीसँग भएको बताउँदै अख्तियारमा उजुरी पर्दैैमा मन्त्रीले राजीनामा दिनु पर्ने म देख्दिन ।’

उनले आफूले तीतर्थरालाई कहिँ कतैबाट नल्याएको र आफूविरुद्ध कहिँ कतै उजुरी नपरेको र कतै अनुसन्धान समेत नभएकोले आफूमाथि पूर्वाग्रह गरेर राजीनामा माथिएको बताएका छन् ।