बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले बजारबाट २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले नियमितरुपमा तरलता प्रशोचन गर्दै आएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर उक्त रकम खिच्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी असार १ गते हुनेछ ।