आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । बुधबार(आज) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।