
काठमाडौं । प्याकेजिङ र फ्लेक्जिबल र्यापर उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङले एकै वर्ष करिब डेढ अर्बको व्यापार गरेको छ। कम्पनीले सन् २०२४ मा १ अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ९६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।कम्पनीअनुसार पछिल्लो ५ वर्षमा व्यापार ५ प्रतिशतले बढेको जनाएको छ । साथै नाफा पनि बढेको पाइएको छ । कम्पनीले सन् २०२३ मा ०.८६ प्रतिशत नाफा कमाएकोमा सन् २०२४ मा ३.१४ प्रतिशत खुद नाफा कमाएको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ४७ करोड २० लाख रुपैयाँको व्यापार गरिसकेको कम्पनीले जनाएको छ ।
सन् २०२४ को जुलाईबाट दैनिक ७ हजार मेट्रिक टन प्याकेजिङ सामग्री उत्पादन क्षमता भएको उद्योग बारामा रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९५ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि २८ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले प्याकेजिङको सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात गरी उत्पादन गर्दै आएको छ ।







प्रतिक्रिया