२ हजारले घट्यो आज सुनको भाउ, कति पुग्यो ?

322
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । सोमबार सुन तोलाको १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।