
काठमाडौ । अर्थ मन्त्री विष्णु पौडेलले बजेटमा अन्तिम समयमा धेरै सुझावहरू आउने भएकाले सबै कार्यान्वयन गर्न जटिल हुने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेट छलफल कार्यक्रममा पौडेलले बजेटका लागि आउने सुझाव अन्तिम समयमा आउने भएकोले सबै हेर्न नै नभ्याइने अवस्था रहेको बताए ।
यो वर्ष जसोतसो हामी आएका सुझाव समावेश गर्ने र आगामी वर्ष देखि अलि छिटो सुझाव दिन अर्थमन्त्री पौडेल आग्रह गरे ।
अर्थ मन्त्री पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन निजी क्षेत्र नै सहभागी भएर बनेको र त्यो प्रतिवेदन अर्थतन्त्र सुधारको लागि उपयुक्त भएकोले क्रमशः कार्यान्वयन गर्दै जाने समेत प्रतिबद्धता गरे । उनले यसका लागि कानुन संशोधन पनि सँगै गर्दै जानुपर्ने आवश्यकता भएकोले सरकारले तयारी पनि गर्दै गरेको बताए ।








प्रतिक्रिया