पञ्जाबमा भारतीय सेनाको वायु रक्षा प्रणाली सक्रिय, ब्ल्याकआउट जारी

3.2k
Shares

भारतको पञ्जाबमा पाकिस्तानले मिसाइल र ड्रोनहरु आक्रमण गरेपछि भारतीय सेनाको वायु रक्षा प्रणाली सक्रिय भएको छ ।

केहीबेर अघिदेखि पाकिस्तानले भारतका कतिपय स्थानमा आक्रमणहरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीएनएका ईशा मित्रा र हिरा हुमायुनका अनुसार, भारतको पञ्जाब राज्यमा भारतीय सेनाले वायु रक्षा मिसाइलहरू प्रहार गरिरहेको राज्यका एक प्रहरी अधिकारीले बताएका छन् ।

पठानकोट सहरका वरिष्ठ प्रहरी अधीक्षक दलजिन्दर सिंह ढिल्लनका अनुसार ‘अर्को पक्षबाट पनि गोलीबारी भइरहेको छ’, तर त्यसमा ड्रोन संलग्न छ कि अन्य केही भन्ने कुरा स्पष्ट छैन ।

उनले भने, ‘वायु रक्षा प्रणाली सक्रिय छ र लगातार विस्फोटको आवाज सुनिइरहेको छ । हाम्रो काम जनतालाई सुरक्षित राख्नु हो, त्यसैले हामीले तुरुन्तै ब्ल्याकआउट लागू गर्यौं र सबैलाई घरभित्रै राख्यौं ।”

भारतीय सेनाका प्रवक्ताका अनुसार जम्मु सहरमा पनि वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।

स्थानीय समयअनुसार साँझ ८ बजे त्यस क्षेत्रमा बिजुली काटिएको छ ।