
एजेन्सी । पाकिस्तानको विमानस्थल प्राधिकरणले बिहीबार बिहान ‘सञ्चालनसम्बन्धी कारण’ले चार विमानस्थलमा केही समयका लागि सबै उडानहरू स्थगित गरिएको जनाएको छ ।
प्राधिकरणका अनुसार इस्लामाबाद, कराँची, लाहोर र सियालकोट विमानस्थलहरूमा सबै प्रकारका उडान सञ्चालन केही समयका लागि रोकिएको हो ।
यो कदम भारतले पाकिस्तान र पाकिस्तान प्रशासनअन्तर्गतको कश्मीरमा हवाई हमला गरेको एक दिनपछि उठाइएको हो ।
बुधबार हमला भएपछि पाकिस्तानले केही विमानस्थलहरू बन्द गरेको खबरहरू आएका थिए, तर पछि पाकिस्तानको विमानस्थल नियामक निकायले आफ्नो हवाई क्षेत्र खुला रहेको र ‘नागरिक उड्डयन गतिविधिका लागि सुरक्षित’ रहेको स्पष्ट पारेको थियो ।








प्रतिक्रिया