भारतसँग बदला लिने पाकिस्तानी प्रधानमन्त्रीको उदघोष

721
Shares

काठमाडौं । पाकिस्तानले भारतले गरेको मंगलबार रातिको आक्रमणको बदला लिने घोषणा गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार त्यहाँको संसदलाई सम्बोधन गदै भारतले आफ्नो मुलुकमा गरेको हवाई आक्रमणको बदला लिने उदघोष गरेका छन् ।

उनले भनेका छन्, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’

भारतले गरेको आक्रमणलाई उनले कायरतापूर्ण पनि भनेका छन् । अप्रिल २२ मा भारतको पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।

उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनले दावी गरे ।

यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनको दाबी छ ।