भारतको आक्रमणमा उग्रवादी संगठन जैश ए मोहम्मदका प्रमुखसहित परिवारका १० जनाको मृत्यु

1.7k
Shares

एजेन्सी । उग्रवादी समूह जैश-ए-मोहम्मदले भारतले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा समूहका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र ४ नजिकका सहयोगीहरू मारिएको जनाएको छ ।

बुधवारमा जैश-ए-मोहम्मदले बयान जारी गर्दै मसूद अजहरकी ठुली बहिनी र ज्वाइ, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका ५ बालबालिकाको मृत्यु भएको छ । यसैगरी, उनका ३ नजिकका सहयोगी र एउटा सहयोगीकी आमा पनि हमलामा मारिएको समूहले बताएको छ।

समूहले पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा अजहरका नातेदारहरूको मृत्यु भएको बताएको छ।

फेब्रुअरी २०१९ मा जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम हमला गरेको थियो जसमा ४० भारतीय सैनिकहरूको मृत्यु भएको थियो ।

यसको प्रतिक्रियास्वरूप भारतीय सेनाले २०२५ मे ६-७ को राति १:०५ देखि १:३० बजेसम्म ‘अपरेशन सिन्दुर’ चलाएको कर्नेल सोफिया कुरेशीले पत्रकार सम्मर्लनमा जानकारी दिइन् ।

‘२२ अप्रिलमा पुलवामामा भएको आतंकवादी हमलाको शिकार बनेका निर्दोष नागरिकहरूलाई न्याय दिन यो अपरेशन गरिएको हो। यस कार्यवाहीमा ९ आतंकवादी शिविरहरू लक्ष्य बनाई पूर्ण रूपमा ध्वस्त गरिएको छ,’ उनले भनिन् ।

पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु र ४६ घाइते भएको जनाएको छ । भारतले भने नियन्त्रण रेखा नजिक पाकिस्तानी गोलाबारीमा १० भारतीय नागरिकको मृत्यु र ३२ घाइते भएको बताएको छ ।