सुनको मूल्य १७ सयले बढ्यो, तोलाको कति ?

315
Shares

काठमाडौं । आज(बुधबार) सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ थियो ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदी बुधबार पनि सोही दरमा कारोबार भएको महासंघले जनाएको छ।