नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव

अर्थतन्त्रका चुनौती कर्जा प्रवाहमा सुस्तता र न्यून पुँजीगत खर्च हुन्: कामु गभर्नर ढुंगाना

231
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु तथा पुँजीगत खर्च कम हुनु जस्ता चुनौती नेपाली अर्थतन्त्रसामू रहेको बताएकी छन् । आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा ढुंगानाले यस्तो बताएकी हुन् ।

नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भए पनि
निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेको उनले बताइन् ।

‘हाम्रो वित्तीय पहुँच सुधार भएको छ । चालू आर्थिक वर्षबाट सबै स्थानीय तहमा बैंकको शाखा कार्यालय पुगेका छन्,’ ढुंगानाले भनिन्, ‘राष्ट्र बैंकले आवश्यक विभिन्न क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ ।’