
काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)९.९६ अंकले घट्दै २६८८.३२ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ७.७५ अंकले घटेको थियो भने आइतबार १६.६८ अंकले संकुचित बनेको थियो । यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार उकालो लागेको थियो ।
मंगलबार नेप्सेमा कुल ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार पनि नेप्सेमा ८ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । कर्पोरेट विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।










प्रतिक्रिया