
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अंकले घटेर २७०६.५१ विन्दुमा रोकिएको हो । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से २५.४९ अंकले बढेको थियो । त्यसअघिका दुई कारोबार दिन पनि नेप्से उकालो लागेको थियो ।
आइतबार नेप्सेमा कुल ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आइतबार हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक अर्थात् ७.३३ प्रतिशतले र बलेफी हाइड्रोपावरको सेयर मूल्य ७.२७ प्रतिशतले घटेको छ ।
आइतबार उत्पादन समूहमा ०.५२ प्रतिशत र व्यापार समूहमा १.०२ प्रतिशतको वृद्धिबाहेक सबै समूह सूचकमा गिरावट आएको छ ।
आइतबार बैंकिङ समूहमा ०.७० प्रतिशत, विकास बैंकमा ०.७९ प्रतिशत, फाइनान्स समूहमा १.२७ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.३६ प्रतिशत र जलविद्युत् समूहमा १.२२ प्रतिशतको गिरावट आएको छ ।










प्रतिक्रिया