
एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने नयाँ महसुल (ट्यारिफ) ले देशको पहिले नै सुस्त अर्थतन्त्रमा झनै धक्का दिन सक्ने चेतावनी दिएको छ । यद्यपि, देशको अर्थतन्त्रले वर्षको पहिलो त्रैमासिकमा वार्षिक आधारमा ५.४ प्रतिशतले वृद्धि गरेको छ।
यो आँकडा विश्लेषकहरूको अनुमानभन्दा राम्रो भए पनि यो तथ्यांक त्यस अवधिको हो जुन बेला अमेरिकाले चीनमा बनेका सामानहरूमा महसुल १० प्रतिशतबाट १४५ प्रतिशतमा वृद्धि गरेको थिएन ।
एशिया व्यापार संवाददाता सुरञ्जना तिवारी लेख्छिन्, यो वृद्धिको केही अंश ‘फ्रन्ट लोडिङ’ को कारण हुन सक्छ । जसअन्तर्गत कारखानाहरूले महसुल बढ्नुअघि नै आफ्नो निर्यात तीव्र बनाएका थिए ।
चीनले प्रतिकारस्वरूप अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत महसुल लगाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ मलेसिया भ्रमणमा छन् जुन दक्षिणपूर्वी एसियाको भ्रमणको हिस्सा हो । त्यहाँ उनी प्रमुख व्यापार साझेदारहरूसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यमा छन् ।
गएको साता ट्रम्पले चीनबाहेक सबै देशहरूका लागि उच्च महसुललाई ९० दिनको लागि स्थगित गर्ने घोषणा गरेका थिए ।








प्रतिक्रिया