आज तोलामै २७ सयले बढ्यो सुनको भाउ, बन्यो अहिलेसम्मकै महँगो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार(आज) फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै अहिलेसम्मको महँगो बनेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि सोमबार १ लाख ८६ हजार रुपैयाँ प्रतितोला रहँदै सुनकिो मूल्य अहिलेसम्मकै महँगो बनेको थियो तर उक्त रेकर्ड आज ब्रेक भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आजको लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको असर नेपाली बजारमा देखिएको व्यवसायी बताउँछन् ।