
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहनु भएका रवि सिंहको संयोजकत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपालको तदर्थ समिति गठन भएको छ ।
राजधानीमा सोमबार सम्पन्न नेपाली कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले सिंहको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।
समितिको सह—संयोजकमा प्रकाशबहादुर सेठी र राजेन्द्र पहारी छन् । समितिको सदस्यहरूमा रमेश दाहाल, शम्भु ठाकुर, शान्तकुमार श्रेष्ठ, ऋषिराम अधिकारी, रुद्र शर्मा, भरत कुमार डाँगी, लक्ष्मण स्वाँर र मोहन कुमारी कालिकोटे छन् ।
नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागको आयोजनामा आयोजित भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।
नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका संयोजक मदनबहादुर अमात्यको सभापतित्वमा सम्पन्न भेलामा ६ सय भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको विभागका सदस्य सचिव ईन्जिनियर आङ दोर्जी लामा (ए.डी) ले जानकारी दिए । भेलाले आगामी ६ महिना भित्रमा ७७ जिल्ला र ७ प्रदेशमै संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
साथै संघको विधान तयार गरी नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाल (नेका) दर्ता गरिने निर्णय पनि भेलाले गरेको छ ।








प्रतिक्रिया