
काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा अच्युत वाग्ले नियुक्ति गरेको छ ।
लामो रस्साकस्सीबीच सोमबार विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्ति गरेका हुन् ।
अर्थ–राजनीतिक विश्लेषक वाग्ले २०७९ देखि रजिस्ट्रारको जिम्मेवारीमा रहेका वाग्ले गत माघ ४ देखि निमित्त उपकुलपति थिए । तत्कालीन कुलपति शेरबहादुर देउवाले साढे दुई वर्षअघि वाग्लेलाई रजिस्ट्रार नियुक्ति गरेका थिए । उनी केयूमा चौथो उपकुलपति बनेका हुन् । यसअघि भोला थापा उपकुलपति थिए ।
वाग्लेले त्रिभुवन विश्वविद्यालय र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् । उपकुलपतिको कार्यकाल ४ वर्षको हुन्छ ।
प्रतिक्रिया