
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालन निर्वाचित भएका छन् । निर्वाचित तीनै जनाले पदबहाली गरेका छन्।
इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन चैत २ गते वीरगञ्जमा सम्पन्न भएको थियो । निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका थिए ।
चैत २ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जनाकारी दिएको छ ।
प्रतिक्रिया