
पाल्पा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् ।
नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले सरकारमै भएपनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताए । उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरूलाई अप्ठ्यारोमा पार्न खोजिएको समेत बताए ।
‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरुलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ । अहिले हामी पनि सरकारमा छौँ, तर हामीलाई केही थाहा छैन ।,’उनले भने,’ कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला ? अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ । अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’
प्रतिक्रिया