
काठमाडौै । होलीको समयमा नियमविपरीत सवारी साधन चलाएको अभियोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले सवारी चेकजाँच गर्ने क्रममा १५० वटा सवारी साधन नियन्त्रण(होल्ड) मा लिएको छ ।
नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । त्यसमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको पाइएको छ ।
होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने बताइएको छ ।
ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।
प्रतिक्रिया