राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको सीईओका लागि ७ जना सर्टलिष्टमा

273
Shares

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि निकालेको आवेदनमा ७ जना सर्टलिष्टमा परेका छन् ।

माघ २८ गते कम्पनीले निकालेको विज्ञापनमा आवेदन दिएकामध्ये ७ जना सर्ट लिष्टमा परेका हुन् । तत्काली सीईओ डा.नेत्र ज्ञवालीको दोस्रो कार्यकाल सकिएपछि रिक्त रहेको पदमा विज्ञापन खुलाइएको हो ।

केदार राज सिलवाल, जितेन्द्र चौधरी, महेन्द्र पौडेल,रामजी भण्डारी, रोशन अग्रवाल, रोहिणी पौडेल र सागर श्रेष्ठ सर्टलिष्टमा परेका छन् । सर्टलिष्टमा परेकाहरुलाई

चैत १७ र १८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले ठूला ठूला प्रसारणलाइन निर्माण गर्छ । करिब एक दर्जन प्रसारणलाइन निर्माण अघि बढाएको छ ।