
काठमाडौं । संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरुको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
२७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ ।








प्रतिक्रिया