राजावादीको कुनै माहोल छैन, हिजो काठमाडौंमा केही भएको छैन: देउवा

3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले राजतन्त्रको पक्षमा माहोल नदेखिएको टिप्पणी गरे ।

आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीको बाक्लो उपस्थितिबारे देउवाले भने, ‘कुनै माहोल देखेको छैन । हिजो काठमाडौंमा केही भएको छैन ।’

प्रधानमन्त्रीलाई भारतले निम्तो दिएको छैन, पूर्वराजालाई पनि भारतले नै उचाल्यो भन्ने चर्चा हुन थालेको छ नि भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘कसैले उचालेर उचालिने कुरै छैन ।’

देउवाले एमाले र कांग्रेस मिलेर बनेको सरकार ०८४ सम्म जाने र कुनै समस्या नभएको बताए ।