चन्द्रागिरिको प्लास्टिक उद्योगमा भिषण आगलागी

546
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बिहिबार भीषण आगलागी भएको छ ।

चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउस्थित रमेश पोदारले सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा बिहिबार राति १ बजेर २० मिनेटमा अचानक आगलागी भएको हो । आगलागी भएको कारण र क्षतिको विवरण भने अहिले खुलेको छैन ।

उक्त आगलागी नियन्त्रणमा लिन ७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ पानी ट्याङकर प्रयोगमा ल्याइएको छ । आगो अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।