पूर्वराजा लोकप्रिय हुनुहुन्छ भने चुनाव लड्न आउनुस्: ओली

1.4k
Shares

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन् । लोकप्रिय छु भन्ने लागेमा चुनावबाट निर्वाचित भएका आउन उनले चुनौती दिए ।

हिमाल, पहाड,तराई जताबाट पनि चुनाव लड्न पाइने भएकाले २०८४ को चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनले आग्रह गरे ।

बिहीबार देशकै सबैभन्दा ठूलो कागज उद्योगको उद्घाटनमा भाग लिन महोत्तरी पुगेका ओलीले नेपालमा जन्मदै कोही राजा हुने र कोही रैती भएर बस्ने दिन अब नआउने बताए ।

‘हाम्रो संविधानले राजा चिन्दैन । राजा भएर रैती बनाउँछु भन्ने नसोचे हुन्छ,’ ओलीले भने ।