अस्पतालबाट डिस्चार्ज भए पारश शाह

245
Shares

काठमाडौं । हर्टअट्याकपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । शाह आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए ।

उपचारपछि शाह आज बिहान डिस्चार्च भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनलाई केही दिनपछि फलोअपमा बोलाइएको छ ।

शाहक एन्जियो प्लास्ट गरिएको थियो । शाहलाई योसहित चाथौ पटक हृदयघात भएको हो ।