
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ लाख ६८ हजार १ सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९ सय ४० मा किनबेच हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया