सिन्धुलीको मुल्कोटमा गाडी दुर्घटना हुँदा आठ जना घाइते

2.2k
Shares

काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक माइक्रो बस शनिबार सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनाग्रस्त हुँदा आठ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परी सात यात्रु र एक सहचालक घाइते भएका छन ।

दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन् ।

घाइतेको अवस्था खतरामुक्त छ र उनीहरुलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी सवारी चालक सुजन बल भने सकुशल रहेका छन् ।